नेप्से फेरि २१ सय विन्दुबाट तल, कारोबार रकम पनि घट्यो

काठमाडौं, २ असार । आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटेको छ । बजार घटेर २ हजार ९५.२५ विन्दुमा बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार बजार ९.३२ अंकले घटेर २ हजार ११२.२९ विन्दुमा बन्द भएको थियो। उक्त दिन कारोबार भने ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ बराबरको भएको थियो ।

आज कारोबार भएका ३१७ वटा कम्पनीमध्ये ६४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार यसअघि २ हजार १०० विन्दुमाथि पुगकोमा पुनः घट्न शुरु भएको छ । बजार विश्लेषक अनुसार लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बताउँछन् ।

आज शिर्ष कारोबार हुनेमा नेपाल फाइनान्सको भएको छ, कम्पनीको ३० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्टक्चरको १८ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

यसैगरी, ङादी ग्रूप पावरको १५ करोड २५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै सीईडीबी हाइड्रोपावरको१३ करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन दुई वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स र मनकामना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतको दरले बढेको छ । भगवती हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्