बस र भ्यान ठोक्किदा कपिलवस्तुमा १ जनाको मृत्यु

काठमाडौं, २९ जेठ । कपिलवस्तुमा बस र भ्यान ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा सवार बढईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीले बताए ।

बसले ठक्कर दिंदा भ्यानमा च्यापिएका बढइको २ घण्टापछि उद्धार गरिएको थियो । उद्धारमा ढिलाइ हुँदा उनको मृत्यु भएको स्थानीयको आरोप छ ।

घाइते ८ जनालाई उपचारको लागि बुटवल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्