दिपायल विद्युत स्टेशनमा आगलागी, डोटी र अछाममा विद्युत अवरुद्ध

काठमाडौं । दिपायल विद्युत स्टेशनमा पुनः आगलागी भएको छ । बुधबार बिहान ८ बजेको समयमा आगलागी हुँदा ट्रान्सफर्मर जोडने तारहरु जलेर नष्ट भएका छन् । स्टेशनका फिडरहरु पनि जलेका छन् ।

चट्याङका कारण आगलागी भएको हुन सक्ने विद्युत कार्यालयका कर्मचारी भरत द्वारियाले बताए । करिब १० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।

आगलागीबाट डोटी र अछाममा विद्युत अवरुद्ध छ । बिगत केहि दिन देखिको लागातार हावाहुरीले गर्दा डोटीका ग्रामीण भेगमा धेरै दिनदेखि विद्युत अवरुद्ध थियो ।

गत बर्ष पनि यो विद्युत स्टेशनमा आगलागी भएको थियो । गत वर्षको आगलागीबाट ट्रान्सफर्मर र फिडरहरु सबै जलेर नष्ट भएका थिए ।

करिब ७ र ८ दिनपछि नयाँ उपकरणहरु जडान विद्युत सेवा सुचारु गरिएको थियो । वर्ष दिन नपुग्दै पुनः आगलागी भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन भने बाँकी छ ।

घटनाको प्रकृतिअनुसार विद्युत नियमित सञ्चालन हुन एक हप्ता लाग्न सक्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्