बैतडीमा गाउँका महिलाहरुका लागि कम्प्युटर कक्षा सञ्चालन

काठमाडौं । बैतडीको ग्रामीण क्षेत्रका छोरी–बुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन्।

छोरी–बुहारीलाई पनि कम्प्युटरको पहुँचमा पुर्याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कम्प्युटर प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

संस्थाले बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत एक महिनादेखि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको हो। ‘युवा महिलाका लागि आधारभूत कम्प्युटर शिक्षा’ भन्ने मूलनारासहित चैत २० गतेदेखि कक्षा सञ्चालनमा रहेको संघका अध्यक्ष घनश्याम भट्टले जानकारी दिए।

कक्षामा गाउँपालिकाको वडा नम्बर–३, श्रीकोट र वडा नम्बर–७, देउलेकका गरी २३ महिलाको सहभागिता रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्