अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट

काठमाडौं । संखुवासभाको खाँदवारीस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ ।

गएराति अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट गराएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला तुम्लिङटारमा रहेको कार्यालय परिसरमा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट कार्यालयको पर्खालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्