धादिङमा ट्रक र बस ठोक्किँदा १७ जना घाइते

काठमाडौं। काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १९२६ नम्बरको बस र बिपरित दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख २९ नम्बरको ट्रक धादिङको गजुरी गाउँपालिकाको जरेखेत नजिकै शनिबार बिहान एकआपसमा ठोक्किदा १७ जना यात्रु घाइते भएका छन् ।

घाइतेको गजुरी प्रथमिक स्वास्थ्य केन्द्र र आदमघाट नपजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्