डिप्रोक्स लघुवित्तको सेयरमा मूल्य समायोजन

काठमाडौं,१४ चैत । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । लघुवित्तले आ.व.२०७९/०८० को कारोवारबाट भएको मुनाफाबाट लाभांस वितरण गर्न लागेको हो ।

बुधबारको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ ७० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर मूल्य ७२५ रुपैयाँ १८ पैसा कायम भएको छ ।

यसै मूल्यलाई आधार मानेर लघुवित्तको कारोबार बिहीबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्