कर्णाली प्रदेशले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । कर्णाली प्रदेशले चालु आर्थिक वर्षका अन्तिम तीन महिनाको बजेट आज सार्वजनिक गर्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।

बुधबार कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको थियो । नीति तथा कार्यक्रमको आधारमा बजेट ल्याउने तयारी पूरा भएको प्रदेश सरकारकी प्रवक्ता भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रमा पर्यटन, जलविद्युत, कृषि र जडीबुटीलाई सम्भावनाको रुपमा औल्याउँदै यी सम्भावनालाई सार्थक बनाउने नीति लिइने उल्लेख गरेको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई चालु आर्थिक वर्षमा खर्च गर्न दिएको एक अर्ब २ करोड पाँच लाखको सीमाभित्र बजेट प्रदेश सरकारले ल्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्