प्रदेश ३ को बैठकमा ‘आय र व्ययको अनुमान’ प्रस्तुत हुदै

काठमाडौं  ।  प्रदेश ३ मा आज बस्ने प्रदेश सभा बैठकमा चालु आर्थिक बर्ष २०७४-७५ को बाँकी अवधीको लागि ‘आय र व्ययको अनुमान’ प्रस्तुत हुने भएको छ । संघीय सरकारले प्रदेश ३ को लागि पठाएको समानिकरण अनुदान १ अर्ब २ करोड ५ लाख समानिकरण अनुदानको आधारमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ‘आय र व्ययको अनुमान’ प्रस्तुत गर्न लाग्नुभएको हो ।

बजेट कार्यान्वय गर्न समय, जनशक्ति र प्रणाली स्थापित नभएकोले कार्यक्रमसहित बजेट नल्याएको मन्त्री ढुंगेलले जानकारी दिनुभयो । आर्थिक कार्यविधी ऐन प्रदेशसभा बैठकबाट पारित भएपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेपनि समय अभाव भन्दै पछि हटेको हो ।

यसैबीच, आजको प्रदेश सभा बैठकमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ र ‘गाउँरनगररजिल्ला सभा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको प्रतिवेदन पेश हुने छ ।

प्रतिक्रिया दिनुहोस्