डिप्रोक्स लघुवित्तले गर्यो बोनस शेयर बितरण गर्ने

काठमाडौं,३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेडले आर्थिक वर्ष२०७९।०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि रहेको छ ।

फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्