गस्तीमा खटिएका प्रहरीको दुर्घटनामा परि मृत्यु , एक प्रहरी जवान घाइते

काठमाडौं ।   मोटरसाइकल गस्तीमा रहेका एक प्रहरी जवानको मंगलबार राति दुर्घटनामा परि मृत्यु भएको छ भने अर्का एक प्रहरी जवान घाइते भएका छन् ।

बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ओवीलाल गिरीको ज्यान गएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए  । दुर्घटनामा परेर गिरीसँगै गस्तिमा रहेका प्रहरी जवान बसन्तराज अधिकारी घाइते भएका छन्। । उनको अवस्था सामान्य रहेको छ ।

घोराही–रामपुर सडकखण्ड अन्तर्गत लक्ष्मीपुर चोकमा दुर्घटना भएको थियो ।

गिरी र अधिकारी मंगलबार राति १२  बजेदेखि बुधबार बिहान ६ बजेसम्म यो क्षत्रमा मोटरसाइल गस्तिमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्