रिलायबल नेपाल लाइफको लाभांश घोषणा
काठमाडौं,२५ पौष । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक २०८०/८१ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चाता सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्