कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संसदमा पेश हुने

काठमाडौं। कर्णाली प्रदेशले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुने भएको छ । हिजो प्रदेश प्रमुख समक्ष पेश गरेको कार्यक्रमका आज प्रदेश बैठकमा पेश हुन लागेको हो ।

आज वस्ने कर्णाली प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालद्धारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । हिजो मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष पेश गर्नुभयो ।

मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । कर्णाली प्रदेशकोे चालु आर्थिक वर्ष २०७४÷७५को लागि प्रदेश सरकारको नीती तथा कार्यक्रममा कर्णालीको विकास, पर्यटन लगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्