जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं २ पौष । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ % का दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्