पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

काठमाडौं । बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्