मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं २३, कात्तिक । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९।५० प्रतिशत बोनस रहेको छ भने ०.५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्