सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं २०, कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली कात्तिक २१ गते बुक क्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले मंसिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजे बाईसौँ वार्षिक साधारण सभा डाकेको छ ।
सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्