तिहार सकिए लगत्तै सेयर बजार हरियो, लगभग ३७ करोडको कारोबार ।

काठमाडौं । तिहार सकिए लगत्तै खुलेको सेयरको पहिलो दिनको बजार हरियो भएको छ । आइतबार खुलेको बजारमा नेप्से परिसूचक सामान्य अंक ३.५७ ले बढेर उकालो लागि १५७१.९२ अंकमा पुगेर बन्द भएको छ ।
आज ३६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रो पावरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०६ रुपैयाँ भएर बन्द भएको छ ।
बजारमा सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य १३ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह,फाइनान्स र विकास बैंक समूहको पनि परिसूचक सामान्य अंकले उकालो लागेका छन् । तर होटल समुह भने सबैभन्दा ओरालो लागेको छ । होटलको ४६.५३ अंकले ओरालो लागेको छ । आइतबारको कारोबारमा अरुण काबेली पावर लि.का शेयरधनीहरुले सबैभन्दा बढि कमाए त्यस्तै गुमाउनेमा सिन्धु विकास बैक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्