ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो, कति प्रतिशत घट्यो
काठमाडौं १, कार्तिक । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ । बोर्डको आज बसेको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो ।
बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको बताइएको छ । आज बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन र सेबोन शुल्क १०।१० प्रतिशतले घटाउने निर्णय गरेको छ । नेपाल धितोपत्र बोर्डका सञ्चालक सुरकृष्ण वैधले मेरो लगानीसँग भने ।
उनका अनुसार बजारमा लगानीकर्ताको मनोबल उकास्नको लागि कमिसन र शुल्क घटाउने निर्णय गरिएको हो । नयाँ ब्रोकरलाई समेत मर्का नपर्ने गरी उक्त शुल्क घटाइएको वैधको भनाई छ । त्यस्तै ब्रोकरको मात्रै शुल्क घटाउने तर सबोनले लिने शुल्क भने कहिल्यै नघटाउने अवस्थाको अन्त्य गर्दै यस पटक भने सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको हो ।
आउने दिनमा यस अघि जुन जुन स्ल्याबमा शुल्क लाग्ने गरेको थियो त्यसैमा १० प्रतिशत घट्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्