प्रदेश नम्बर १ को संसद् कानुन बनाउनमा ब्यस्त, दुईवटा विधेयक पारित

काठमाडौं । प्रदेश नम्बर १ को संसद् प्रदेश सरकार संचालनका लागि कानुन बनाउन जुटेको छ ।

प्रदेश संसद्ले दुई वटा विधेयक पारित गरिसकेको छ भने आधा दर्जन विधेयक सदनमा टेवल भएका छन् । त्यसैगरी एक दर्जन भन्दा बढी विधेयकका मस्यौदा तयार भइसकेका छन् ।

ती विधेयक सदनमा पेश गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति लिने तयारी भइरहेको छ ।

प्रदेशमा रहने सातवटै मन्त्रालयले करिव दुई दर्जन बढी विधेयक मस्यौदा तयार गर्न आन्तिरिक मामिला तथा कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति पाएका छन् ।

प्रदेश सरकार आवश्यक कानुन निर्माणमा जुटेसँगै प्रदेशसभाले समेत नियमित विजनेश पाउन थालेको छ । सरकार गठन भएको २ महिनामा २३ औं पटक प्रदेशसभा बैठक सम्पन्न भइसकेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञराज खत्रीले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले आवश्य कानुन निर्माणलाई तिव्रता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्