फेन्सी पसलमा एकाएक भिषण आगलागी , ५० लाख बराबरको क्षति

काठमाडौं । दैलेखको सदरमुकाम नारायण नगरपालिकामा रहेको फेन्सी पलसमा आगलागी भएको छ ।

फेन्सी पसलमा आगलागी हुँदा झण्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन मावि नजिकै रहेको नरेन्द्रप्रसाद पोखरेलको पसलमा आगलागी भएको हो ।

शुक्रबार राति झण्डै ९ बजेतिर पसलमा आगलागी भएको थियो । गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भएको देखेपछि तत्काल निभाउन सफल भएको डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो ।

स्थानीय, प्रहरी, सेना र दमकलको सहयोगमा राति नै आगलागि नियन्त्रणमा आइसकेको र अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्