आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ , असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा। पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्