सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं , असोज १७ । दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप १ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दिउँसो चीनको सिछुवान प्रान्तका ६६ वर्षीय तासी दावा भन्ने व्यक्तिलाई पक्राउ गरेको हो ।

उनलाई स्वयम्भूबाट पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी सुन तस्करी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको पाइएको पनि सीआइबीले जनाएको छ ।

मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको थियो । सो प्रकरणमा प्रहरीले दोलखाबाटै ७ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्