लाभांश प्रस्तावसहित सानिमा माईले डाक्यो साधारण सभा
काठमाडौं १६, असोज । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले कात्तिक २३ गते, बिहीबार, बाह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असोज २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउने तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्