ग्लोबल आइएमई म्युचुअल फण्ड-१ को लाभांश घोषणा

काठमाडौं १६, असोज । ग्लोबल आइएमई म्युचुअल फण्ड-१ ले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।

फण्डले करसहित ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ लाभांश दिने भएको हो ।

यस फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो । सञ्चालक समितिको असोज १५ गते भएको बैठकले सो लाभांश बारे निर्णय गरेको हो ।

योजनाको पछिल्लो न्याभ(प्रति इकाई खुद सम्पत्तिको मूल्य )१०.१७ रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्