मिड सोलुको आईपीओ बाँडफाँट, १२ लाख २० हजार आवेदकको हात खाली
काठमाडौं १०, असोज । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बुधबार बाँडफाँट भएको छ ।
बाँडफाँटमा ६२ हजार ११७ जना आवेदकले १० कित्ताका शेयर पाएका छन्।
कम्पनीको आईपीओमा कुल १२ लाख ८२ हजार ८१९ जनाको आवेदन सदर भएकोमा १२ लाख २० हजार ७०२ जना आवेदकको हात खाली भएको छ।
१० कित्ताका दरले बाँडेर बाँकी रहेको २ कित्ता शेयर भने दुई जना आवेदकलाई गोलाप्रथाबाट एक एक कित्ता थप गरी ११ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा २२.५५ गुणा बढी आवेदन परेको थियो। कम्पनीले ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो ।
कम्पनीको आईपीओ नतिजा विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.comर, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्