सानिमा बैंकले डाक्यो कात्तिक २ मा साधारणसभा
काठमाडौं ८, असोज । काठमाडौं। सानिमा बैंकले पनि वार्षिक साधारणसभा दसैंअघि नै डाकेको छ । बैंकले दसैं बिदा सुरु हुनुअघि साधारणसभा डाकेको हो । बैंकले कात्तिक २ गते गर्ने वार्षिक साधारणसभामा लाभांश प्रस्ताव गरेको छ ।
बैंकले ९ प्रतिशत बोनस सेयर दिने छ भने सोको कर प्रयोजन सहित गरि ५.७० प्रतिशतका दरले नगद लाभान्स बितरण गर्ने छ । अन्य बैंकले नगदलाई प्राथमिकतामा राखेका बेला सानिमाले पूँजी कोषलाई बलियो बनाउन खोजेको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड रुपैयाँ छ । बोनस सेयर पारितपछि चुक्ता पुँजी एक अर्ब १२ करोड रुपैयाँले बढ्ने छ।
असोज २१ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनिहरुले बैंकको लाभांशमा दावी गर्न पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्