एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं २, असोज । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) तथा एनएमबि फिफ्टी (NMB50) योजनाले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ ।

दुबै योजनाहरुले आफ्ना इकाईधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन् ।

असोज १ गते बसेको यी दुबै योजनाहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यी योजनाहरुले प्रतिफल वितरण प्रयोजनको लागि असोज १२ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएका छन् । असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्