हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं २, असोज । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको यस आइपिओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदनहरु रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । यस गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गर्दा १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने यस मध्ये १० आवेदकले थप एक कित्ता अर्थात २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट htpps://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्