भूकम्पको तीन वर्ष, २ लाख ३७ हजार गुनासा

काठमाडौं  । भुकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे बल्थली पुगे ।

घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईँ भन्दै थिइन्, मेरो घर भत्किएको छ । तर, म किन छुटेँ । निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए ।

भूकम्प भएको तीन वर्ष बित्नै लाग्दा पनि पीडित र प्रभावितबाट यस्ता गुनासा आउने क्रम रोकिएको छैन । प्राधिकरणले अहिलेसम्म २ लखा ३७ हजार गुनासा दर्ता गरेको छ ।

सरकारले अहिलेसम्म ८७ हजार घरपरिवारलाई तेस्रो किस्ता राहत रकम वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्