माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँड
काठमाडौं, २४ भदौ । माण्डु हाइड्रोपावरको आइपीओ आज बाँडफाँट भएको छ ।
यसमा गोला प्रथा मार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो । फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले आइपीओ निष्कासन गरेको हो ।लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
माण्डु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्र्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्