नक्कली नोटसहित तीनजना  पक्राउ

काठमाडौं, भदौ १५ ।  प्रहरीले एक हजार दरका ९५ वटा नक्कली नोटसहित दुईजनालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ।

पैदल हिँडिरहेका रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ बर्षीय दिपेश दासलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

उनीहरु दुवैजनालाई हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर क्षेत्रस्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो।

दुवैजनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा नकक्ली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका-२ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए।

त्यसपछि उनलाई पनि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले पक्राउ गरेर अन्य दुईजनासहितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्