लक्ष्मी सनराइजको शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेञ्जमा लक्ष्मी सनराइज बैंक लि. को शेयर सूचीकृत भएको छ । साविकको लक्ष्मी बैंक र सनराइज बैंक मर्जरभएपश्चात लक्ष्मी सनराइज बैंकको नाममा यी दुई बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकरणसँगै मर्जर प्रयोजनको लागि रोक्का रहेको यी बैंकहरुको शेयर कारोबार पनि फुकुवा भएको छ ।

पहिलो कारोबारको लागि बैंकलाई १७३ रुपैयाँ ५ पैसाको ओपनिङ्ग रेञ्ज दिइएको छ । यसै आधारमा बैंकको शेयर कारोबार आज नेप्सेमा खुल्नेछ । कारोबारको लागि बैंकलाई एलएसएल स्टक टिकर प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्