बिमा समुहहरु किन यसरी आकासियो, के छ कारण

काठमाडौं । यसअघि निकै धेरै घटेको बिमा कम्पनीहरु एकाएक सेयर बजारमा बढेर हरीयो हुँदा रौनकनै नयाँ देखिएको छ । यस्तो समयमा बिमा कम्पनी किन्नेहरुले २ दिनमै आकर्षक फाइदा लिएका छन् । तर यस्तो निरन्तर घटिरहेको बजारमा बिमा कम्पनीहरुको दरमात्र एक्कासी धेरै बढ्दा बजारको अवस्था कतिको भरपर्दो हुन्छ भन्ने कुराको निकै गहिरो अध्ययन गर्न जरुरी छ ।
समग्र रुममा हेर्दा बिमा कम्पनीको कारण अन्य समुहहरुमा पनि हल्का सकारात्मक सुधार भएको देखिन्छ । जसमा माइक्रोफाइनान्स र होटेल समूह भने राम्रै बढेको देखिएको छ । समग्र बजार माथि जान बैंकिङ समूहमा पनि सुधार हुन जरुरी छ ।
नयाँ वर्ष लागेसँगै पुँजी बजारमा नयाँ उत्साह थपिएको हो । धितोपत्र बोर्डले पनि सेमि अनलाइन प्रणाली सुरुवात गरेकाले लगानीकर्ताहरु केही उत्साहित भएको विश्लेषण गरिंदैछ । अब धमाधम चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट आउन थालेको छ । तेस्रो त्रैमासमा सूचीकृत कम्पनीहरुले आकर्षक नाफा कमाउने लगानीकर्ताहरुको विश्वास हो । तर कुनै कुनै बाहेक सूचीकृत कम्पनीहरुको रिपोर्ट सार्वजनिक भइसकेको अवस्था भने होइन ।
अवको ३ महिनापछि नयाँ आर्थिक वर्ष सुरु हुनेछ । त्यसपछि लाभांश घोषणा गर्ने र साधारण सभाबाट अनुमोदन गराउने प्रक्रिया सुरु हुनेछ । त्यही भएर अब विस्तारै सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुने अनुमान गरिएको हो ।
आज मंगलबार नेप्से ३३६१ अंकले बढेर १३३१.१८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.५९५ ले बढेको हो । कुल १६६ कम्पनीको ९५ करोड ४० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकम बढेको हुँदा बजारमा लगानीकर्ता थपिएकोे विश्लेषण गर्न सकिन्छ । कुल १६६ कम्पनीको १८ लाख ९५ हजार ५०६ कित्ता सेयर किनबेच भएका छन् ।
कारोवारमा सबैभन्दा धेरै बिमा कम्पनीहरु ३६०.४३ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह १२०.११ अंक र होटेल समूह ८६.०१ अंकले माथि लागेका छन् । बैंकिङ समूहमा भने १२.२ अंकको मात्रै बढोत्तरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्