सिटिजन लाइफ इन्स्योरेन्सको सेयर भदौ १५ बाट, प्रिमियममा सेयर निष्कासन गर्दै

काठमाडौं, ६ भदौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले कर्मचारीलाई अंकित मूल्य १०० रुपैयाँमा बिक्री गरेको छ भने बाँकीलाई प्रिमियममा निष्कासन गर्न लागेको हो।

कम्पनीको ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजी छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थपेर २४४ रुपैयाँका दरले सेयर निष्कासन गर्ने छ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्म सेयर बिक्री गर्ने छ। सेयरमा कम्तिमा १० र अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा गएका, कर्मचारी, सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँकीे ९० लाख कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन् ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्