भारतीय दूतावासको सम्पर्क कार्यालय नजिकै बम विस्फोट , क्षतिको विवरण यस्तो छ

काठमाडौं। विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी अज्ञात समूहले गएराति बम विष्फोट गराएको छ ।

दूतावासको वाहिरी हातामा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले गएराति सम्पर्क कार्यालयमा लक्षित गरी बम विष्फोट भएको जानकारी दिए ।

बम विस्फोट हुँदा दूतावासको सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको हात रहेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्