चट्याङ लागेर रोल्पामा वडा सदस्यको निधन
काठमाडौं, साउन ५ । चट्याङ लागेर रोल्पामा एक वडा सदस्यको निधन भएको छ।
गए राति परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।
चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले पनि प्रहरलिे बताएको छ ।
प्रतिक्रिया दिनुहोस्