छोरी बलात्कार कसुरमा ३३ वर्ष कैद
काठमाडौं, असार २६ ।५० वर्षका बुवालाई १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा दैलेख जिल्ला अदालतले ३३ वर्ष कैंदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट बलात्कार कसूरमा ३३ वर्ष कैंद फैसला सुनाइएको हो।
गएको चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो। उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तारको गरिको थियो। २१ गते नै बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। ३३ वर्ष कैंद फैसलका साथै तीन लाख रुपैंयाँ जरिवाना, ५० हजार रुपैंयाँ पीडित बालिकालाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको भएको सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिए।
बलात्कार गरेको पुष्टी भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेर अनुसार हुने बलात्कार सजाय ८ वर्ष समेत थपेर कसूरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्