फर्केर हेर्दा २०७४ लाई !

काठमाडौं । २०७४लाई फर्केर हेर्दा युएस वंगालको विमान दुर्घटना र केहि छुटपुट घटना बाहेक समग्र रुपमा रामै्र रह्यो । २० वर्ष सम्म नभएको स्थानिय निकाय निर्वाचन सम्पन्न भयो । त्यस्तै संविधान कार्यान्वनको लागि प्रतिनिधि सभाको निर्वाचन पनि सफल रुपमा सम्पनन भयो । राजनीतिक रुपमा नेपाली काँग्रेसको नराम्रो पराजय भएता पनि वाम गठबन्धनले बुहुमत ल्याउँदा मुलुकमा स्थायी शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने राजनीतिले स्थायीत्व पाएको छ ।

यहि चैत्र २७ गते मुलुकले नेपाल प्रहरी र शसस्त्र प्रहरीवलमा नयाँ आईजीपी नियुक्ति भए । जसमा नेपाल प्रहरीको पहरी महानिरिक्षकमा प्रहरीका १ नम्बर सूचिमा रहेका डीआइजी सवेन्द्र खनाल नियुक्त भए ।
त्यस्तै, शसस्त्र प्रहरीवलको प्रमुखमा शैलेन्द्र खनाल नियुक्त भए ।

नाकाबन्दी पछि चिसिएको नेपाल–भारत सम्बन्धलाई जिवित राख्न र विकासमा नयाँ आयम ल्याउनका लागि यहि चैत्र २३ देखि २५ गते भारत भ्रमणमा वित्यो । आर्थिक सव्ृद्धि र कुटनीतिक विस्तारमा नयाँ आयम बनाउन सफल भयो ।

सेप्टेम्बरमा भन्सार छली अवैधरुपमा चिनियाँ नाका केरुङ हुँदै ल्याइएको ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीबाट बरामद भयो । सडकमा पार्किङ गरी राखिएको गाडीलाई शंका लागि चेकजाँच गर्दा उक्त सुन भेट्टिएको हो ।
सुन कसको भनेर बजारमा ठूलै चर्चा भयो । प्रहरीको अनुसन्धानमा मुख्य सुन तस्कर चिनियाँ नागरिक भएको पुष्टि भयो ।
फेब्रुअरी १२ मा सरकारले जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्यो । आईजीपीका दाबेदार ९४ डिआईजी० मा वरियताक्रममा तेस्रो नम्बरका चन्दलाई आईजीपीमा नियुक्त गरेपछि ठूलै खैलाबैला मच्चियो ।
पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल रहेका थिए । रोलक्रम तथा नियम मिचेरै चन्दलाई सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबावमा प्रहरी प्रमुख आईजीपी बनाइएका थिए ।
तर, धेरै नै विवाद आएपछि सरकारले दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गर्यो । हाल अर्याल नै आईजीपी छन ।
अक्टोबर ६ मा नेपाल प्रहरीको डिआईजीबाट राजीनामा दिएका नवराज सिलवाल एमाले प्रवेश गरेको विषय भाइरल भयो । उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सिलवाल नेपाल प्रहरीको आईजीपी बन्ने दौडमा थिए ।
तर कांग्रेस–माओवादी गठबन्धन सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गर्यो । सरकारी निर्णयका विरुद्ध सिलवाल सर्वोच्च अदालत गए । सर्वोच्चले चन्दको नियुक्ति बदर गरिदियो ।
तर चन्दको नियुक्ति बदर भएपनि सरकारले सिलवालको साटो प्रकाश अर्याललाई आईजिपी नियुक्त गर्यो । अर्यालको नियुक्तिले आफूलाई अन्याय परेको भन्दै सिलवाल फेरि अदालत गए ।
लामो समय निर्णय हुन नसकेको सिलवालको मुद्दा केही महिनाअघि सर्वोच्चले खारेज गरिदियो । सर्वोच्चमा मुद्दा खारेज भएपछि सिलवालले नेपाल प्रहरीको डिआईजीबाट राजीनामा दिएका हुन ।

अगस्त महिनामा तराईका जिल्लाहरु अविरल वर्षातका कारण आएको बाढीले जलमग्न भए । सर्वसाधारण घरबारविहीन बने । थुप्रैको संख्यामा सर्वसाधारणले ज्यान गुमाए ।
बाढीका कारण करोडौंको सम्पत्ति नोक्सान भयो । सरकारले बाढीपीडितको उद्दार र राहत वितरणका लागि प्रयासहरु गरे पनि अपेक्षा अनुसारको कुनै पनि काम हुन सकेन । यस विषयमा सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणीहरु भए । स्वभाविक पनि थियो टिकाटिप्पणी गर्न ।

कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोगमा कांग्रेस–माओवादीले एकाएक अप्रिल ३० मा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरे ।
संसदमा प्रधानन्यायाधीश कार्कीमाथि अभियोग दर्ता भएसँगै यसको चौतर्फी विरोध सुरु भयो । सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखे । कांग्रेस निकट कानून व्यवसायीहरुले नै कार्कीमाथिको महाअभियोगलाई लोकतन्त्रमाथिको महाअभियोग भने ।
महाअभियोगविरुद्ध परेको रिटमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले महाअभियोग अघि नबढाउन अन्तरिम आदेश दियो । लगत्तै कार्की पुनः काममा फर्किइन् । उनले उमेर हदका कारण अवकास पाइसकिन् भने दलहरुले पनि महाअभियोग प्रस्ताव फिर्ता लिइसकेका छन् ।
महाअभियोग प्रस्तावको प्रस्तावक मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत थिए ।

निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिका नेताहरुले बाम गठबन्धन भएको घोषणा गरे । कात्तिक १७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त रुपमा हात मिलाएर बाम गठबन्धनको घोषणा गरेका थिए ।
घोषणा भएकै दिन सामाजिक सञ्जालहरुमा बाम गठबन्धनले स्थान पायो । सबैले प्रचण्ड, ओली र बाबुरामलाई बधाई दिए । जनताले गठबन्धनबाट अब केही हुने आशा गरेको छ, आजसम्म त्यो आशा पालेर जनता बसेका छन ।
गठबन्धन भएपछि एमाले र माओवादी केन्द्रको चुनावी नतिजा एकदम उत्साहजनक आएको छ । अब नयाँ बन्ने सरकार बाम गठबन्धनका नेताले गर्नेछन ।
तर, चुनावमा मिलेर जाने घोषणा गरेका बाबुराम त्यसको केही दिनपछि गठबन्धनबाट बाहिरिए । गठबन्धनलाई गाली गर्दै बाबुराम निस्केका हुन् ।
थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । देश संघीयतामा गएको छ । यसले सम्पूर्ण नेपालीहरु खुसी छन् । सामाजिक सञ्जालमा तीनवटै निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएकोमा सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले बधाई समेत दिएका छन् ।
स्थानीय निर्वाचनको पहिलो चरणको चुनाव तत्कालीन प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पन्न गरे भने दोस्रो चरणको स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न भएको हो ।
संयुक्त अरब इमिरेट्स यूएईबाट अवैधरूपमा काठमाडौँ भित्रिँदै गरेको ३३ किलो सुन जनवरी १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेट बाहिरबाट बरामद भयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसीआईबी ले विमानस्थलको भन्सार चेकजाँच तथा सुरक्षा घेरा पार गरी दुईवटा सुटकेसमा लुकाई बा१प २९१५ नम्बरको ट्याक्सी प्रयोग गरी गेटबाहिर लैजाँदै गरेको अवस्थामा उक्त सुन बरामद गरिएको थियो ।
सुन कसको थियो भनेर सामाजिक सञ्जालमा ठूलो बहस र टीकाटिप्पणीहरु भएका थिए । प्रहरीको अनुसन्धानबाट ३३ किलो सुनको मालिक राजनप्रसाद पन्त भएको पुष्टि भयो । पन्तलाई दुबईबाटै पक्राउ गरी केही महिनाअघि मात्र काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री भए । जेठ २३ गते व्यवस्थापिका संसद्मा भएकोे निर्वाचनमा देउवा ३८८ मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
देउवालाई संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दल र अन्य साना दलहरुको समर्थन थियो । देउवाको विपक्षमा नेकपा एमाले, माले, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले मतदान गरेका थिए ।
देउवा २०५२ भदौदेखि २०५३ फागुनसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०५८ साउनदेखि २०५९ असोजसम्म दोस्रोपटक प्रधानमन्त्री बने । तेस्रो पटक २०६१ जेठदेखि २०६२ माघसम्म प्रधानमन्त्री बनेका देउवा चौथोपटक प्रधानमन्त्री नै छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालको रहस्यमय मृत्यु भयो । यो घटनाले सबै त्रसित भए । लाजिम्पाटस्थित आफ्नो निवासमा सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको थियो ।
तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका प्रकाश दाहाल चुनावको लागि प्रचण्ड झापातिर लागेपछि त्यता नगइकन चितवनबाट काठमाडौं फर्किएका थिए । उनी त्यो रात लाजिम्पाटस्थित निवासमै सुतेका थिए ।
पारिवारिक स्रोतका अनुसार राति ८ बजेतिर प्रकाशले आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए । चुनाव लागेका कारण पत्नी बिना पनि कञ्चनपुरतिरै थिइन् । घरमा परिवारका अन्य सदस्यहरु खासै थिएनन् । आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए ।
मधेस केन्द्रित दलको चुनावी सहभागिता
२०७२ जेठ २५ गते राति प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिपछि नै संविधान निर्माण प्रक्रियाबाट अलग्गिएका मधेस केन्द्रित दलहरुले संविधानलाई त अस्वीकार गरे नै, भारतीय नाकाबन्दीको सहयोगी समेत बने। आन्दोलन पनि गरे। विद्रोही शक्ति बनिरहे।
तर, ०७४ को सुरुवातसँगै उनीहरु सत्तापक्षको अडानमा समाहित भए। सुरुमा संघीय समाजवादी फोरमले चुनावी सहभागिताको सुरुवात गर्यो। उनीहरु पहिलो चरणको चुनावदेखि सहभागी भए। ०७४ को सुरुवातमा राजपाका नेताहरु भने सुरुमा चुनाव हुन नदिने बताइरहेका थिए। तर, राजपा स्थानीय तहको तेस्रो चरणको चुनावदेखि चुनावी प्रक्रियामा सहभागी भयो। वैशाख ३१ मा एकै चरणमा गर्ने भनिएको स्थानीय तहको चुनावलाई उनीहरुले तीन चरणमा गर्न बाध्य बनाए। र, प्रदेश २ का स्थानीय तहका चुनावमा उनीहरु पनि सहभागी भए।
त्यसपछि पनि प्रदेश, प्रतिनिधि र राष्ट्रियसभाको चुनावमा उनीहरुले भाग लिए। यसले संविधान कार्यान्वयन मात्रै होइन, अबका राजनीतिक मागहरु संविधानको परिधिभित्रैबाट खोजिनुपर्ने सन्देश प्रवाह गर्यो।
वाम लहर
यो वर्ष वामपन्थीको वर्ष रह्यो भन्दा फरक पर्दैन। तीनै तहमा सम्पन्न चुनावमा मुख्य वामपन्थी दल एमाले र माओवादी केन्द्रको वर्चस्व देखियो। त्यसमा पनि एमाले निकै बलियो बनेर आयो। स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। जहाँ, कुल ७ सय ५३ स्थानीय तहमध्ये एमालेले २ सय ९४ र माओवादीले १ सय ६ ठाउँमा नेतृत्व गरेका छन्। कांग्रेसले २ सय ६६ ठाउँको नेतृत्व गरेको छ।
त्यसपछि सम्पन्न प्रदेश, प्रतिनिधि र राष्ट्रियसभाको चुनावमा एमाले र माओवादीबीच गठबन्धन बन्यो। परिणाम पनि उनीहरु अनुकूल नै आयो। कूल ५ सय ५० सिटका लागि भएका ७ वटै प्रदेशका निर्वाचनमा एमाले एक्लैले २ सय ४२ सिट जितेको छ। त्यस्तै, माओवादीले १ सय ८ सिट जितेको छ। कांग्रेसले भने १ सय १४ सिट मात्र जितेको छ।
७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा एमाले र माओवादी गठबन्धनको सरकार बनेको छ। अधिकांशमा उनीहरुको दुई तिहाइ सिट छ।
त्यस्तै, संघमा पनि एमाले र माओवादी बलियो देखिएका छन्। प्रतिनिधिसभाका २ सय ७५ सिटमध्ये एमाले एक्लैको १ सय २१ र माओवादीको ५३ सिट छ। कांग्रेसको ६३ सिट छ।
राष्ट्रियसभाको चुनावमा पनि एमाले र माओवादी गठबन्धन नै बलियो देखिए। ५६ सिटका लागि भएको निर्वाचनमा एमालेले २७ र माओवादीले १२ सिट जिते। कांग्रेसले १३ सिट जित्यो। राष्ट्रपतिले मनोनित गर्ने ३ जनाबाट एमालेले २ र माओवादीले १ सिट थप गर्यो। जसले गर्दा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सबै वाम गठबन्धनबाटै निर्वाचित भएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री नियुक्त भएको ५१औं र विश्वासको मत लिएको २९औं दिनमा केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमण गरे। उनी गत चैत्र २३ देखि २५ सम्म भारतको राजकीय भ्रमणमा गएका थिए।
भ्रमणका क्रममा कृषि क्षेत्रमा सहकार्य, रेलमार्ग र जलमार्ग विस्तार जस्ता विषयमा सहमति भएका छन्। सम्झौताले नेपालको फराकिलो लक्ष्यलाई प्रतिबिम्बित गर्ने प्रयास गरेको छ।
त्यस्तै, भारत भ्रमणका क्रममा नेपालको सरोकारका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले नै बताएका छन्। भारतले विगतमा बाचा गरेका विभिन्न परियोजनाको कार्यान्वयन नगरेको विषयमा समेत भ्रमणका क्रममा कुरा उठेको र भारतीय पक्षले त्यसलाई यथाशक्य चाँडो मूर्तरुप दिने प्रयास गर्ने बताएको थियो। कतिपय विषयमा तत्कालै तल्ला निकायलाई निर्देशन गएको प्रधानमन्त्री ओलीले नेपाल फिर्ता भएको दिन त्रिभुवन विमानस्थलमा बताएका थिए।
त्यस्तै, विगतमा नेपालको संविधानप्रति भारतले खुला रुपमा राखेको असन्तुष्टि भने यसपटक व्यक्त गरेन। नेपालको आन्तरिक मामिलामा छलफल नगर्ने नेपाली पक्षको अडानका कारण त्यो सम्भव भएको थियो। त्यति मात्रै होइन, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान कार्यान्वयनको महत्त्वपूर्ण कदम मानिएको तीन तहको चुनाव सम्पन्न गरकोमा बधाई समेत दिए।
प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणले नेपाल(भारत सम्बन्धको बुझाइलाई नयाँ रुपमा प्रस्तुत गरिदिएको छ। भारतलाई नेपाल नीति फेर्नुपर्ने महसुस गराउन यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेलेको छ। स्थिर सरकार बनेको भनिएको यो समयमा आन्तरिक राजनीतिमा चलखेल गरिरहेको भारतले नेपाललाई नयाँ रुपमा बुझ्ने प्रयास गरेको संकेत पाइनु सुखद हुनसक्छ।

 

प्रतिक्रिया दिनुहोस्