समता घरेलुको एफपीओ बाँडफाँट
काठमाडौं, ३० कात्तिक । समता घरेलु लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ । लघुवित्तको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान ९ बजे एफपीओ बाँडफाँट गरेको हो । बाँडफाडमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर पाएक छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटः https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्नको लागि लघुवित्तले एफपीओ जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्