राहदानी शुल्क घट्यो

काठमाडौं, असार १ ।  सरकारले राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार रूपैयाँ तिर्नुपर्नेमा अब ५ हजार रूपैयाँमात्र तिरे पुग्ने भएको छ।

यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर मन्त्रिपरिषद्ले गत जेठ २४ गतेको निर्णयअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो।

मन्त्रिपरिषद्को निर्णय जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएको र असार ३ गते आइतबारदेखि लागू हुने भन्दै राहदानी विभागले सम्बन्धित निकायमा सर्कुलर गरेको छ।

प्रतिक्रिया दिनुहोस्