टोखानगरपालिका र मुक्तिनाथको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं , जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधिन शान्ति पार्कमा एभोकाडो फलफुलको विरुवा वृक्षारोपण गरिएको छ ।
टोखानगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा विरुवा वृक्षारोपण कार्यक्रम गरिएको हो । कार्यक्रम मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषिकम्पनी लि., मुक्तिनाथ क्यापिटल लि. र रोयल बहुउद्देश्यिय सहकारी संस्थाको सहयोगमा संचालन भएको थियो ।
कार्यक्रमा टोखानगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडा नं १ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेशनका संचालक, मुक्तिनाथ समुह र रोयल सहकारीका अध्यक्ष, संचालन, प्रमुख कार्यकारी अधिकृत लगायत उल्ल्ेख्य रुपमा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
टोखानगरपालिका वडा नं १ का वडा अध्यक्षले पार्कको संरक्षणमा सरकारको साथ साथै स्थानिय बासिन्दा र सवैको साझादायित्व रहेको बताए । साथै कार्यक्रमा सहकार्य गरेकोमा मुक्तिनाथ फाउन्डेशन र सम्बद्ध सवैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमा शुभकामना मन्तव्य राख्दै टोखानगरपालिकाका नगर प्रमुखले नगरलाई हरियालि बनाउँदै स्वच्छ र सफानगर बनाउने दिर्घकालिन योजना रहेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरतादिने बताए । साथै मुक्तिनाथ समुहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहलगर्ने उल्लखे गरे ।
साथै मुक्तिनाथ फाउन्डेशनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवद्र्धन सम्बन्धि अभियानमा यहि २० गते बाग्मती सफाई महाअभियानमा सहभागि हुँदै शुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेशनको अगुवाइमा तथा मुक्तिनाथ समुह सहित विभिन्न सरकारी र गैर सरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढि फलफुलतथा काष्ठजन्य विरुवाहरुको रोपण गर्ने लक्ष्य राखेको बताए ।
यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानियवासिन्दाहरुलाई विभिन्न आम्दानीको श्रोतहरु उपलब्ध हुने उनले उल्लेख गरे । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवस आज पनि विभिन्न कार्यक्रम गरि मनाइएको हो ।

















प्रतिक्रिया दिनुहोस्