गोकर्णेश्वर नगरपालिकाले ३ महिने बेकरी तालिम सञ्चालन गर्दै

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्ना पालिकाका स्थानीयहरुलाई आत्मानिर्भर र स्वरोजगार बनाउने उदेश्यले ३ महिने बेकरी तालिम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग तथा नारायाणटार युवा क्लब, गोकर्णेश्वर, ५ आयोजनामा उक्त तालिम संचालन हुन लागेको हो।

नगरपालिका भित्रका २० जनाका लागि तालिमको आयोजना गरिएको प्रमुख पालिकका प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकता दिइने उनको भनाइ रहेको छ ।  त्यस्तै पालिकका नगर प्रमुख दिपक कुमार रिसालले यस्ता तालिम तथा सिकाईहरुले केहि राहात तथा सहयोग पुग्ने बताए ।

जेठ १३ गतेसम्म आवेदन दिसक्नुपर्ने भएको छ ।तालिम गोकर्णेश्वर नगरपालिकाका स्थाई बासिन्दालाई मात्रै दिइनेछ । तालिममा ५ जना महिला, खुल्लामा ९ जना , अपाङ्ग १ जना, दलित ३ जना ,जनजाति २ जना लगाएत जम्मा २० जनाका लागि आवेदन खुल्ला गरिएको छ।

तपशिल:

-स्थाई बासिन्दाको प्रमाणको रुपमा नागरिकता, बसाइसराइ वा विवाह दर्ता प्रमाणपत्र संलग्न गर्नुपर्नेछ

– तालिममा सहभागी हुन एसइइ पास भएको प्रमाण पत्र पेस गर्नुपर्नेछ
– प्रत्यक वडाकार्यालयबाट १/१ प्रशिक्षाथी छनोट गरि पठाउन पर्नेछ । वडाले छनोट गर्दा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकता दिनुपर्नेछ
.दलितको कोटामा निवेदन दिने प्रशिक्षार्थीले दलित प्रमाण पत्र वा वडाको सिफारिस पेस गर्नुपर्नेछ

-उमेर १८ वर्ष पुरा भै ननाघेका अथवा ननाघेको हुनपर्नेछ

-दलित जनजाति र अपाङ्गता भएकाको निर्धारित कोटा भन्दा कम आवेदन भएमा नगरपालिकाले वडाहरुमा परेको निवेदन मध्यबाट छनोट गर्न सक्नेछ ।

-निर्धारित कोटा भन्दा बढि निवेदन पर्न आएमा आर्थिक अवस्ता कमजोर भएकालाई प्राथमिकता दिइने र अन्र्तवार्ताबाट छनोट गरिने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्