चट्याङ लागेर तीनको मृत्यु, एक घाइते

काठमाडौं । झापा उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। उदयपुरको उदयपुरगढी गाउँपालिका – ८ बस्ने ४८ वर्षीया कृष्णमाया तामाङको चट्याङ लागेर ज्यान गएको छ । आफ्नै घरमा बसीरहेकी उनलाई मंगलबार साँझ चट्याङ लागेर घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनकै भतिजी १५ वर्षीया सम्झना तामाङ घाइते भएकी छिन् । उनको  जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ ।
यता भोजपुरको षडानन्द नगरपालिका – २ भोटेछाप बस्ने २० वर्षीया मुना भट्टराइको आफ्नै घरमा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

यसैगरी झापाको कचनकबल गाउँपालिका – १ कुटी बजार बस्ने ५५ वर्षीय महेशलाल यादवको चट्याङ लागेर ज्यान गएको छ । बुधबार राति ८ बजेतिर परेको चट्याङले उनी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकालागि लैजाने क्रममा बाटोमै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्