प्रदेश २ : एक साताभित्र ६ वटा कानुन प्रदेश सभामा पेश हुने

काठमाडौं।   प्रदेश २ को सरकारले एकै पटक ६ वटा कानुन पाउने भएको छ। मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले एक साताभित्रै ६ वटा कानुन प्रदेश सभामा पेश हुने बताएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरको ऐतिहासिक तथा धार्मीक महत्वका विषयमा पत्रकार श्यामसुन्दर यादवद्वारा लेखिएको पुस्तक ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ दर्शन’ विमोचन गर्न राजविराज आएका झाले एक हप्ताभित्रै कानुन अभावको अवस्थाबाट सरकार मुक्त हुने बताए।

प्रदेश सभाले झाको संयोजकत्वमा कानुन मस्यौदा संयोजन समिति गठन गरेको थियो।

कानुन अभावमा प्रदेश सरकारले काम गर्न नसकेको गुनासो बढिरहेको बताउँदै झाले कानुन पास हुनासाथ सरकारले जनअपेक्षा अनुसारका गतिविधि अघि बढाउने बताए।

प्रतिक्रिया दिनुहोस्