गोकर्णेश्वर नगरपालिकामा  एक महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन

काठमाडौं, बैशाख ३१ ।  गोकर्णेश्वर नगरपालिकाले १ महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक सहयोग र मेघा इन्टरनेशनल व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको आयोजनामा एक महिने हेयर केमिकल ट्रेनिङ्ग सञ्चालन गर्न लागिएको हो ।

पालिकाको सामाजिक विकास शाखा अन्तर्गत अन्य÷खुल्लामा १३ जना, महिला ५ जना, अपाङ्ग १ जना र दलित १ जना गरि जम्मा २० जनाका लागि तालिम सञ्चालन गर्ने पालिकाद्वारा जारी सूचनामा जनाएको छ ।

यसको लागि बैशाख ३१ गतेसम्म निवेदन दिनुपर्ने छ । निवेदन दिनका लागि गोकर्णेश्वर नगरपालिकाको स्थाई हुनु पर्नेछ ।

तालिममा सहभागी हुन व्युटिसियन सम्बन्धि आधारभुत तालिम लिएको, ८ कक्षा पास गरेको र आपाङ्गताको हकमा अपाङ्गता परिचयपत्र सहितको प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा जनाएको छ ।

सो निवेदन वडा कार्यालयको सिफारिससहित नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन बुझाउन सूचनामार्र्फत जानकारी दिइएको छ । यस्ता व्यवसायीक शिक्षा तथा तालिमले व्यतित्व विकास हुनुकासाथै आय आर्जनमा वृद्धि हुने र जीवन जीउन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्