थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख २१।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्