सुनको मुल्य तोलामै १ हजार ८ सय रूपैयाँले बढ्यो
काठमाडौं, बैशाख २० । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ।
मंगलबार प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।















प्रतिक्रिया दिनुहोस्