रुकुमपूर्वमा मृतावस्थामा भेटिए दुई दिदीबहिनी

काठमाडौं, चैत २३ ।  रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृतावस्थामा फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृतावस्थामा फेला परेका हुन्।

स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर मृतावस्थामा फेला परेको पालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताए।

बुधबार साँझ हराएका दुई बालिकाको स्थानीयले खोजी गर्दा आज बिहान रन्मा गाउँकै भीरमा मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन्।
थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको उनको भनाइ छ। बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ।

प्रतिक्रिया दिनुहोस्