गत तीन वर्षमा जुम्लामा सवारीसाधन दुर्घटनाबाट ७० जनाको मृत्यु

काठमाडौं, चैत २२। जुम्लामा गत तीन वर्षमा सवारीसाधन दुर्घटनाबाट ७० जनाको मृत्यु भएको छ।

आव २०७७/७८ मा ३२ र आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन दुर्घटनाबाट ३१ जनाले ज्यान गुमाएको ट्राफिक कार्यालय जुम्लाका निमित्त प्रमुख बेलबहादुर बोहोराले बताए।

चालू आर्थिक वर्षमा ८ वटा सवारीसाधन दुर्घटनामा परे छन् भने १२ जना गम्भिर घाइते भएका छन। यस्तै २१ जना सामान्य घाइते भएका छन्। उनका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लघनका घटना बढेका छन्। सानाठूला सवारीसाधनहरुले ट्रार्फीक नियम उल्लघन गरेका छन्।

त्यस्तै ५ हजार ३ सय १९ सवारीसाधन कारबाही परेको बोहोराले बताए। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १ हजार ४ सय ७६ सवारीसाधन कारबाही परेका छन् भने आव २०७७/०७८ मा १ हजार ३ सय २८ र आर्थिक वर्ष २०७८ /०७९ मा २ हजार ५ सय १५ वटा सवारी साधन कारबाहीमा परेका बोहोराले बताए।

जुम्लामा सवारी साधन दुर्घटनालाई कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जुम्लाको विभिन्न ठाउँमा सवारी चालकलाई नियमको पालना सम्बन्धि जानकारी गराउने र क्षमता भन्दा बढी यात्रु नबोक्न सवारी चालकलाई सुझाव दिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्